२ कार्तिक २०८३, सोमबार | October 19, 2026

ओलीको भाषणलाई डा.बाबुरामको चुनाैती : पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन



काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली तथ्यहिन कुरा गर्दे हिँडेको आरोप लगाएका छन् । डा. भट्टराईले आज उनको ट्वीटरमा ट्वीट गर्दै एमाले अध्यक्ष ओलीलाई तथ्यहीन कुरा नगर्न सुझाव दिएका हुन् ।

ओलीले आज कर्णाली काठमाडों सम्पर्क मञ्चको कार्यक्रममा जनयुद्धका बेला जुनयुद्धकै पैसाले भट्टराई पुत्रीले बेलायतमा पढेको प्रसंग उजागर गर्दै बेलायत पढाउने पैसा बाबुरामसंग कहाँबाट आयो ? भनेर प्रश्न गरेका थिए । भट्टराईले ओलीको आरोपको खण्डन गर्दै आफूमाथि लगाएको आरोप प्रमाणित गर्न ओलीलाई चुनौती दिएका छन् । पूर्व प्रधानमन्त्री जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्न शोभनीय नभएको डा. भट्टराईको टिप्पणी छ ।

भट्टराईले ओलीलाई चुनौती दिँदै लेखेका छन्, ‘मित्र खड्गप्रसादजी,पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्ध पूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

ओलीले आजै जनयुद्ध चलिरहेका बेला भट्टराई पुत्रीले बेलायत पढेको बताउँदै आफुहरुले भिसा पाउन नसक्ने देशमा युद्ध लडिरहेको पार्टीका नेताको छोरीले कसरी भिसा पाईन् ? भनेर समेत प्रश्न गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ३५ बजे

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको

दरवाङमा सडक कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङमा सडक पुगेको करिब दुई

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली । बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला