२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो



काठमाडौं । न्युजिल्यान्ड आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डको यस जितसँगै उपाधी दाबेदार मानिएको भारत भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । लगातार चार खेल जित्दै समूह९२ बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ ।

न्युजिल्यान्डले १२५ रनको लक्ष्य १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे । डेभोन कोनवेले ३६ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍यो । अफगानिस्तानका नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट हात पारे । यता, समूह एकबाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ५८ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न