११ श्रावण २०८३, सोमबार | July 27, 2026

सुरक्षाकर्मीको रोहवरमा लक्ष्मीको मूर्ति विसर्जन



भैरहवा । रुपन्देहीको मर्चवारमा स्थानीय सरकार र सुरक्षाकर्मीकै रेखदेखमा लक्ष्मी पूजाको मूर्ति विसर्जन भएको छ । मूर्ति विसर्जनको क्रममा पानीमा डुबी तीन जनाको ज्यान गएपछि यस पटक सावधानी अपनाई लक्ष्मी पूजाको मूर्ति विसर्जन गरिएको हो ।

तराईमा लक्ष्मी पूजाको अवसरमा अस्थायी मूर्ति नै स्थापना गरी पूजा गर्ने गरिन्छ । शनिबार तिहार सकिएसँगै ती अस्थायी मूर्ति आइतबारसम्म विसर्जन भएका छन् । रुपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका-५ दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानमा जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष रोहबरमा सावधानी अपनाएर मूर्ति विसर्जन भएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले जानकारी दिए ।

घाटमा शनिबार र आइतबार गरी ५५ भन्दाबढी मूर्ति विसर्जन गरिएका छन् । अहिले गाउँपालिका र इलाका प्रहरी कार्यालय मझगावाँको सहयोगमा नदी किनारमा निश्चित दूरी तोकेर मूर्ति विसर्जन गरिएको अध्यक्ष यादवले बताए ।

मूर्ति विसर्जनको क्रममा विगत तीन वर्षदेखि तीन जनाको ज्यान गएपछि इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा १८ जनाको टोली र सशस्त्र प्रहरी बल मझगाँवाका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा १० जनाको टोलीसहित स्थानीय सरकारका प्रतिनिधाहरूको निगरानीमा नदी बाहिरैबाट मूर्ति विसर्जन गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ०० बजे

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक