२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आलमदेवी स्याङ्जामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुदै



कारिकोट । स्याङ्जाको आलमदेवी देउरालीमा रहेको जनज्योति युवा क्लबले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०७८ को आयोजना गर्ने भएको छ ।

“स्वास्थ्य को लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ कालीगण्डकी गाउपालिका-३ आलमदेवी देउराली स्याङ्जामा रहेको क्लबले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

हरिबोधनी एकादशीको अवसर पारेर क्लबले विगत ३५ वर्ष देखि पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लबका अध्यक्ष टोप बहादुर रानाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनका लागि समूह दर्ताको लागि पालिकाको लेटर हेडमा आधिकारिक छाप सहित वा क्लबको लेटरहेडमा आधिकारिक छाप सहित कार्तिक २६ गते मध्याह्न १२ बजे सम्म तोकिएको रानाले बताए । प्रतियोगितामा समूह दर्ताको लागि रु ५,००० तोकिएको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु १,००,०००, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीयले पुरस्कार नगद रु ५०,०००, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीयले पुरस्कार नगद रु २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद रु १५,००० र प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष रानाले बताए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५,००० बेस्ट प्लेयर, वेस्ट डिफेन्डर तथा वेस्ट स्पाइकरलाई २००० पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

खेल अवधिमा स्थानीय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत रहने क्लबले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ३६ बजे

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले