२९ मंसिर २०८२, सोमबार | December 15, 2025

थाइल्यान्ड ६० देशका पर्यटकका लागि खुला, अझै दैनिक १० हजार कोभिड संक्रमित



वैंकक । थाइल्यान्डमा विदेशी पर्यटकहरुका लागि लाग्दै आएको प्रतिबन्ध १८ महिनापछि खुला गरिएको छ । यात्रा प्रतिबन्ध हटेसँगै ६० भन्दाबढी देशका पूर्ण खोप लगाएका पर्यटकहरु थाइल्याण्ड घुम्न जान पाउने भएका छन् । अब थाइल्याण्ड भ्रमण गर्ने पर्यटकहरुले क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

कोरोना महामारीले थाइलेन्डको अर्थतन्त्रलाई चौपट पारेको छ । कोभिड संक्रमण हुनुअघि थाइल्याण्डमा हरेक वर्ष ४ करोड पर्यटक घुम्न जान्थे । कोभिडका कारण गत वर्ष पर्यटक आगमनमा ८० प्रतिशतले गिरावट आएको थियो ।

‘दुई वर्षसम्म हामीले कुनै काम गर्न पाएनौं । अहिले सबै खुकुलो भएको छ,’ पथ प्रदर्शक चियायगोर्न बुनयापाक भन्छन् । तर, उनलाई ग्राहकले अहिलेसम्म सम्पर्क गरेका छैनन् । पर्यटन क्षेत्र पहिल्यैको अवस्थामा फर्किन अझै दुई तीन महिना लाग्ने अनुमान गरिएको छ ।

‘सरकारले पर्यटन क्षेत्र सहज ढंगले खोल्नेमा मलाई शंका नै लाग्छ । आशा छ सबै क्षेत्र पुनः सञ्चालनमा आउनेछ । काममा फेरि फर्किन पाउँदा निकै खुसी लागेको छ, ’ बुनयापाक भन्छन् ।

बेलायत, चीन, जापान, अमेरिका र युरोपका अधिकांश देशका लागि उडान सञ्चालन हुने वैंकक र फुकेटका विमानस्थलहरु खुला गरिएका छन् । सरकारले सन् २०२३ सम्म देशको अर्थतन्त्रलाई कोभिडपूर्वको अवस्थामा फर्काउने तयारी गरेको छ । तर, चीनसँगको सीमा बन्दका कारण पर्यटन क्षेत्रमा असर गर्ने विज्ञहरु बताउँछन् । सन् २०१९ मा चीनबाट १ करोड २० लाख पर्यटक थाइल्याण्ड गएका थिए ।

थाइल्याण्डमा अझै पनि केही प्रतिबन्ध लागू गरिएका छन् । अहिलेसम्म ४२ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् । यहाँ अझै पनि दैनिक कोभिडका १० हजार नयाँ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ४८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती