१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रदेश २ सहित १३ जिल्लामा तोक्यो कांग्रेसले निर्वाचन अधिकृत



काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ ।

प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सप्तरीमा डा। रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ ।

त्यस्तै कैलालीमा टेकप्रसाद सुवेदी बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ । वडा अधिवेशन हुन बाँकी जिल्लामा आगामी २७ कात्तिकमा निर्वाचन मिति तय भएको छ ।

पालिका अधिवेशन हुन बाँकी १३ वटा जिल्लामा ३० कात्तिकका लागि अधिवेशन तय भएको छ भने ३ मंसिरमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएका जिल्लाका जिल्ला अधिवेशन हुँदै छ । नयाँ कार्यतालिकाअनुसार आगामी १० मंसिरमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लका जिल्ला अधिवेशन तय भएको निर्वाचन समितिले जनाएको छ ।

अब महाधिवेशनको कार्यताकिला प्रभावित नभए २४ देखि २६ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन हुनेछ महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न कांग्रेसले २८ कात्तिकका लागि केन्द्रीय समितिको बैठक तय गरिसकेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ३७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम