२ कार्तिक २०८३, सोमबार | October 19, 2026

आज सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौँ । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डाका लागि बैठक बसे यता बस्न नसकेको गठबन्धनमा रहेका दलको बैठक आज(सोमबार) बस्दै छ । सोमबार साँझ ५ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक डाकेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलको बैठक बोलाइएको गठबन्धन दलका एक नेताले बताए । न्यायालय प्रकरण, एमसीसी तथा प्रदेश सरकारका सम्बन्धमा छलफल गर्न बैठक डाकिएको अनुमान गरिएपनि बैठकको एजेण्डाका विषयमा नेताहरुले कुनै जानकारी दिएका छैनन् ।

गठबन्धनको बैठक अघि आजै मन्त्रिपरिषद्को नियमित बैठक पनि बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक ३ बजे बस्ने गरि बोलाइएको छ भने बैठक सहिए लगत्तै गठबन्धनको बैठक बैठक बस्ने छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : ३४ बजे

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५

परदेशी घर फर्किए, दशैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । नेपालीको महान् पर्व बडादशैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको

दरवाङमा सडक कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङमा सडक पुगेको करिब दुई