३० चैत्र २०८२, सोमबार | April 14, 2026

ओली–नेपाल पार्टी सम्बन्ध : ‘छुट्टिएको वर्षको रिस’



काठमाडौं । एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस ।

गत २८ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यतिवेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् ।

नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यतिबेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा ।

अभियान र चटारोका बीचमा यी दुई नेता जब भाषणका लागि मञ्चमा पुग्छन्, एकअर्काविरुद्ध अभियोग र गालीमै आधा भाषण सकाउँछन् ।

पार्टी फुटेपछि (भदौ)यताका हरेक भाषणमा एकले अर्कालाई गद्दार घोषणा गर्नेदेखि लिएर कम्युनिष्ट नामको कलंकसम्म भन्न भ्याएका छन् । तर, पछिल्ला दिन भने यि दुई नेताको व्यक्तिकेन्द्रीत झगडा एकअर्कालाई बहिष्कार गर्ने अभियानसम्ममा पुगेको छ ।

बहिष्कार अभियानको फायर भने एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले खोले । १७ कात्तिकमा काठमाडौंमा महाधिवेशन प्रचार अभियानबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेकपा  एकीकृत समाजवादीलाई ठेगाना नभएको र अवैध गर्भधारणबाट जन्मिएको पार्टी भन्दै महाधिवेशन उद्घाटनमा नबोलाउने घोषणा गरे ।

विभाजनअघिसम्म नेपाल खेमामा खुलेका भट्टराईको यो अभिव्यक्तिले एमाले र नेकपा एकीकृत समाजवादीकाे राजनीतिक वृत्तमा सनसनी मच्चायो ।

यो भाषणअघिसम्म एकले अर्कालाई बहिष्कार गर्ने विषयमा नसोचेका पार्टीहरू त्यसयता खुलेआम एकअर्कालाई बहिष्कार गर्ने बताइरहेका छन् । नेकपा एकीकृत समाजवादीले अलिखित निर्णय ने गर्यो– ओली सहभागी हुने सबै कार्यक्रम बहिष्कार गर्ने । यही नीतिअनुसार नेकपा एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई एकीकृत समाजवादीले बहिष्कार नै गर्ने घोषणा गरेको छ ।

सो पार्टीका जिल्ला प्रवक्ता ओसिम आलमका अनुसार ओली सहभागी भएका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णयअनुसार आजको चियापान बहिष्कार गरिएको हो ।

गत १३ कात्तिकमा नेकपा एकीकृत समाजवादी मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको चियापानलाई एमालेले समेत बहिष्कार गरेको थियो ।

एमाले प्रचार विभाग प्रमुख भट्टराई भने एकीकृत समाजवादीका कार्यक्रममा नजाने निर्णय भने नभएको बताउँछन् । उता एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा पनि पार्टीले घोषित निर्णय नगरे पनि स्थानीय कमिटीहरूले ओलीलाई बहिष्कार गर्ने रणनीतिमा भने रहेको बताउँछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : १७ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका