१३ असार २०८३, शनिबार | June 27, 2026

राखेप सदस्य–सचिव ढकालद्वारा पदवहाली



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य–सचिव ढकालले पदवहाली गरेका हुन् ।

कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ उपदफा (१२) बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । ढकाल युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव हुन् ।

पदवहालीपछि सदस्य–सचिव ढकालले नवौं राष्ट्रिय खेलकुद र आर्थिक वर्ष २०७८/७९ का महत्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।

पदवहालीअघि सदस्य–सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ३० बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को