६ बैशाख २०८१, बिहिबार | April 18, 2024

सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले बनायो समन्वय समिति, पहिलो संयोजक रामचन्द्र पौडेल



काठमाडौं । सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पु-याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । समन्वय समिति ११ सदस्यीय बनाउने निर्णय भएको छ ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।

सबै राजनीतिक दलहरुले २/२ महिना संयोजन गर्ने सो समन्वय समितिमा काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहेका रहेका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन् ।

नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी २/२ जना सदस्यहरुको रहेको र मन्त्रीहरुको तर्फबाट आफू समेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता कार्कीले जानकारी दिए । उनले सो समितिको पहिलो २ महिनाको संयोजक रामचन्द्र पौडेललाई तोक्ने निर्णय गरिएको समेत बताए ।

‘निकट भविष्यमा हुने राष्ट्रिय सभा निर्वाचन र उपनिर्वाचनहरुमा पाँच दलीय गठबन्धनको संयुक्त रुपमा त्यो निर्वाचनलाई संयुक्त रुपमा तयारी गर्ने निर्णयका साथ पाँच दलीय गठबन्धनको एउटा पाँच दलीय गठबन्धन समन्वय समितिको निर्माण भएको छ, मन्त्री कार्कीले भने, यसको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको जुन अपेक्षा छ, त्यो अपेक्षा पूरा गराउन सरकारलाई सहयोग गर्नु रहेको छ ।’

आसन्न उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनको संयुक्त रुपमा तयारी गर्ने निर्णय पनि सत्तारुढ गठबन्धनले गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : २२ बजे

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल