७ भदौ २०८३, आइतबार | August 23, 2026

सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले बनायो समन्वय समिति, पहिलो संयोजक रामचन्द्र पौडेल



काठमाडौं । सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पु-याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । समन्वय समिति ११ सदस्यीय बनाउने निर्णय भएको छ ।

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।

सबै राजनीतिक दलहरुले २/२ महिना संयोजन गर्ने सो समन्वय समितिमा काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहेका रहेका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन् ।

नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी २/२ जना सदस्यहरुको रहेको र मन्त्रीहरुको तर्फबाट आफू समेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता कार्कीले जानकारी दिए । उनले सो समितिको पहिलो २ महिनाको संयोजक रामचन्द्र पौडेललाई तोक्ने निर्णय गरिएको समेत बताए ।

‘निकट भविष्यमा हुने राष्ट्रिय सभा निर्वाचन र उपनिर्वाचनहरुमा पाँच दलीय गठबन्धनको संयुक्त रुपमा त्यो निर्वाचनलाई संयुक्त रुपमा तयारी गर्ने निर्णयका साथ पाँच दलीय गठबन्धनको एउटा पाँच दलीय गठबन्धन समन्वय समितिको निर्माण भएको छ, मन्त्री कार्कीले भने, यसको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको जुन अपेक्षा छ, त्यो अपेक्षा पूरा गराउन सरकारलाई सहयोग गर्नु रहेको छ ।’

आसन्न उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनको संयुक्त रुपमा तयारी गर्ने निर्णय पनि सत्तारुढ गठबन्धनले गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : २२ बजे

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा