१ कार्तिक २०८३, आइतबार | October 18, 2026

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी



मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यसवर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् ।

कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा बिक्रीका लागि बेसीतर्फ झारिएको हो । उनले मुस्ताङबाट रु २२ करोडभन्दा बढी र कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट रु १३ करोड मुल्य बराबरको भेडा, च्याङ्ग्रा र च्यालु (माउ) यही बाटो हुँदै निकासी भएको जानकारी दिए ।

कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएको छ । जसमध्ये मुस्ताङका किसानले पालेको खोरपाला र तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४०० भन्दाबढी भेडा च्याङ्ग्रा मुस्ताङका व्यापारीहरुले पोखरा र काठमाडौँलगायतका स्थानमा निकासी गरेका छन् ।

यसैगरी डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा र मुगुबाट ३२० च्याङ्ग्रा र ४० वटा भेडा निकासी गरिएको छ । कार्यालयका अनुसार यसवर्ष च्याङ्ग्राको औसत मूल्य रु ३३ हजार, भेडाको रु २२ हजार र च्यालु (रमा/माउ)को रु १० हजार कायम गरी निकासी गरिएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  १० : ०७ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ