३ पुस २०८२, बिहिबार | December 18, 2025

नयाँगाउँको आगलागी ४ घण्टा पछि नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै



बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा लागेको आगलागि झण्डै ४ घण्टापछि पूर्ण नियन्त्रणमा आएको छ । सोमबार साँझ सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको गाडीबाट स्थानीय २ घरमा आगो सल्केर आगलागी भएको थियो ।

आगलागी नियन्त्रण गर्न तीनवटा दमकल सहित प्रहरी परिचालन भएको र स्थानीयबासीको समेत सहयोगमा पूर्ण नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

आगलागिबाट स्थानीय गोपाल पाण्डे र मिना मरासीनी सहित थप १ जनाको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । पाण्डेको घरमा पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको डीएसपी केसीले बताए ।

आगलागीबाट भएको क्षतिको विवरण भने संकलनकै क्रममा रहेकाले आइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : १७ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको