७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कहिले हल होला न्यायालयको हडताल ?



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेपछि सर्वोच्च अदालतमा १५ दिनदेखि न्यायसम्पादनको काम शून्य छ ।

८ कात्तिकबाट न्यायाधीशहरूले सुरु गरेको इजलास बहिष्कार कात्तिक चौथो सातासम्म आइपुग्दा बन्दी प्रत्यक्षीकरण रिटबाहेक नियमित प्रक्रियाको मुद्दा सुनुवाइ हुन सकेको छैन । सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसन प्रधानन्यायाधीशको राजीनामा माग्दै विपक्षीमा उभिँदा न्याय सम्पादन हुन सकेको छैन ।

सर्वोच्चमा न्यायसम्पादनको शून्यताको अवस्था कहिलेसम्म जान्छ अझै टुंगो छैन । नागरिकका सयौं मुद्दाको नियमित सुनुवाइ कहिलेबाट हुन्छ भन्ने प्रश्न न्यायालयलाई छ । तर, उत्तर उनुत्तरित छ । न्यायाधीशहरू र कानुन व्यवसायी प्रधानन्यायाधीशको राजीनामालाई एक सूत्रीय माग बनाएर आन्दोलन गरिरहँदा प्रधानन्यायाधीश राणा भने संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर राजीनामा नदिने अडानमा छन् । अदालतमा दैनिक २ सय ५० भन्दा नियमित प्रक्रियाको मुद्दा सुनुवाइ हुने गरेकोमा न्यायाधीशहरूले इजलास बहिष्कार गरेर आन्दोलनमा उत्रिएपछि अहिले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलित कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन सर्वोच्च अदालतको आँगनमा धर्ना दिइरहँदा केही कानुन व्यवसायीले भने न्यायालयमा इजलास सुरु हुनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । ९ कात्तिकमा नेपाल बारले विज्ञप्ति निकाले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहँदा कानुन व्यवसायी अर्कोतर्फ न्यायाधीशले इजलास बहिष्कार गरेकोमा विरोधमा उत्रिएका छन् । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ०५ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ