२९ माघ २०८२, बिहिबार | February 13, 2026

डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू



डडेल्धुरा । डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरू भएको छ । अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे सुरू भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष पठाएको टोलीले अजयमेरू गाउँपालिका-१ पुइलेक विमालस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो । सोहीअनुसार मंगलबारदेखि सर्भे सुरु भएको हो ।

पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटर टाढा पर्छ। यहाँसम्म पुग्ने पीच बाटो पिन छ । पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले बताए । प्राविधिक टोलीले सर्भेका लागि ड्रोन क्यामराको समेत प्रयोग गरेको छ । त्यहाँको भू-बनोटलगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसनलगायतका विषयलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको उनले बताए । ‘भौगलिक हिसाबले कठिन छ। सकेसम्म कम खर्चमा कसरी बनाउन सकिन्छ भनेर सर्भे गरिरहेका छौं । सकेसम्म इकोनोमिक डिजाइन बनाउँछौं । विस्तृत विवरण सर्भेपछि मात्रै थाहा हुन्छ,’ उनले भने ।

२०७० सालदेखि नै डडेल्धुरामा विमालस्थल निर्माणका लागि विभिन्न स्थानलाई प्रस्ताव हुँदै आएको थियो । अहिले पुइलेकमा सम्भाव्यता अध्ययन पश्चात सर्भे गराउन सकेको राजनीतिज्ञ डा। तारा जोशीको भनाइ छ । ‘विमानस्थल बनाउन थुप्रै स्टेपहरू छन् । सुरुमा अध्ययन भयो । त्यसपछि सम्भाव्यता अध्ययन भयो । अहिले हामी डीपीआर बनाउने प्रयासमा छौं । रिपोर्ट आएपछि इआइएको प्रक्रिया सुरू हुन्छ । हेरौं कति समय लाग्छ,’ उनले भने, ‘त्यसपछि हामी डेन्डर, बजेट बनाउने कुरामा अगाडि बढ्छौ‌ ।’ विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त मिलेको क्षेत्रफल भएको तर जमिन भिरालो भएर पनि धावनमार्ग, पहाडले छेक्ने सम्भावनासमेत रहेको प्राविधिकहरूको भनाइ छ ।

स्थानीय खुसी

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा विमानस्थल नभएको एक मात्र जिल्ला हो । यहाँका सात वटै पहाडी र दुई वटा तराईका जिल्लामा विमानस्थल छन् । तर, पूरै सुदूरपश्चिम जोड्ने एक मात्र जिल्ला डडेल्धुरामा भने विमानस्थल छैन् ।

डडेल्धुरामा विमानस्थल बने यहाँका नागरिकको आयस्तरमा समेत बढ्ने अमरगढी नगरपालिकाका नगरप्रमुख संगीता भण्डारीले बताइन् । उनले भनिन्, ‘यो ठाउँमा विमानस्थल बने मिनिमार्केटको रूपमा स्थापना हुन्छ। त्यसपछि यहाँका नागरिकले विभिन्न किसिमका व्यवसाय गर्न सक्छन् । र, आर्थिकरूपमा समेत सम्पन्न हुन्छन् ।’

डडेल्धुरामा विमानस्थल बने सुदूरपश्चिमका नौ जिल्लाका जनताले सुविधा पाउने स्थानीय धनबहादुर साउदले बताए । धनगढी नेपालगञ्जमा हुस्सुलगायतका कारणले उडान बन्द भए यहाँबाट उडान भर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : १३ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक