७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

राष्ट्रपति कार्यालयले थाल्यो तीन प्रदेश प्रमुखको नियुक्ति प्रक्रिया



काठमाडौं । राष्ट्रपति कार्यालय प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया थालेको हो ।

तीन प्रदेश प्रमुखको नियुक्त प्रक्रिया थालेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए ।

‘तीनवटा प्रदेशका लागि प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालिएको छ’, उनले भने, ‘उहाँहरू सबै उपत्यकाभित्र हुनुहुन्छ कि बाहिर, यसलाई हेरेर नियुक्ति प्रक्रियाअघि बढ्छ ।’

सरकारको निर्णयबारे जानकारी आएपछि नियुक्ति प्रक्रिया थालिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : ३८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल