६ बैशाख २०८१, बिहिबार | April 18, 2024

सिन्धपाल्चोकमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते



सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको पोखरेबेसीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रो बस चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेबेसीमा माइक्रो दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घटनास्थलबाट तत्कालै उद्धार गरेर लगिएका एक जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बलेफी गाउँपालिका(५ की जानुका भन्ने सरस्वती पराजुली रहेकी छन् ।

दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते सबैको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

घाइतेहरू चौतारा सागाचोक गढी नगरपालिका-१ का पशुपति थापा, तुलसी थापा, डकेन्द्र थापा, राज कुमार तामाङ, मगर सुस्मिता श्रेष्ठ रहेका छन् । यस्तै घाइते हुनेमा चौतारा सागाचोक गढी नगरपालिका-५का कटुल शेर्पा, लाक्पा शेर्पा, चौतारा सागाचोक गढी नगरपालिका-६ की बिन्दु सापकोटा, कुमार लामा, अशोक लामा, चौतारा सागाचोक गढी नगरपालिका-७ की यमकुमारी थापा मगर, निरोज दङगाल, चेतकुमारी थापा, धादिङ गोल्छे गाउँपालिका-४ की प्रतिमा कार्की, नवीन अधिकारी, मकवानपुर हेटौडा-१ का सहचालक अरुण तामाङ, चालक राम लाल थिङ, जिबारा सिमरा, स्वहिता थापा रहेका छन् ।

सिन्धु पाँचपोखरी प्रालिअन्तर्गतको बा२ख २६१२ नम्बरको माइक्रोबस पोखरेबसीमा मध्यान्न १२स्१५बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । माइक्रो बस सडकबाट करिब ७/८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ३३ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच