११ श्रावण २०८३, सोमबार | July 27, 2026

सिन्धपाल्चोकमा माइक्रो बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते



सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको पोखरेबेसीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम चौताराबाट काठमाडौं जाँदै गरेको माइक्रो बस चौतारा सागाचोकगढी नगरपालिका ११ पोखरेबेसीमा माइक्रो दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घटनास्थलबाट तत्कालै उद्धार गरेर लगिएका एक जनाको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बलेफी गाउँपालिका(५ की जानुका भन्ने सरस्वती पराजुली रहेकी छन् ।

दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते सबैको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

घाइतेहरू चौतारा सागाचोक गढी नगरपालिका-१ का पशुपति थापा, तुलसी थापा, डकेन्द्र थापा, राज कुमार तामाङ, मगर सुस्मिता श्रेष्ठ रहेका छन् । यस्तै घाइते हुनेमा चौतारा सागाचोक गढी नगरपालिका-५का कटुल शेर्पा, लाक्पा शेर्पा, चौतारा सागाचोक गढी नगरपालिका-६ की बिन्दु सापकोटा, कुमार लामा, अशोक लामा, चौतारा सागाचोक गढी नगरपालिका-७ की यमकुमारी थापा मगर, निरोज दङगाल, चेतकुमारी थापा, धादिङ गोल्छे गाउँपालिका-४ की प्रतिमा कार्की, नवीन अधिकारी, मकवानपुर हेटौडा-१ का सहचालक अरुण तामाङ, चालक राम लाल थिङ, जिबारा सिमरा, स्वहिता थापा रहेका छन् ।

सिन्धु पाँचपोखरी प्रालिअन्तर्गतको बा२ख २६१२ नम्बरको माइक्रोबस पोखरेबसीमा मध्यान्न १२स्१५बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो । माइक्रो बस सडकबाट करिब ७/८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ३३ बजे

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र