४ पुस २०८२, शुक्रबार | December 19, 2025

खोपले आत्मबल बलियो बन्यो



महाेत्तरी । बर्दिबास-३, पाटुका कृष्ण खत्रीलाई कोरोना खोप लगाए पनि रोगबाट बच्न सकिन्छ भन्ने कुनै विश्वास थिएन । जब गाउँका मान्छे धमाधम खाेप लगाउन थाले तब उनलाई उत्साहित बनायाे ।

`कोरोनाबाट बच्न खोप लगाउने भन्दा पनि मैले चै सवैतिर खोप लिएपछि जता जान पनि मिल्ने थाहा पाएपछि खोप लगाएको हुँ,´ उनले भने ।

खत्रीलाई कोरोना खोप लिएर राम्रो गरेको भन्ने लाग्छ । कोरोना खोप लगाएकामा संक्रमण भइहालेमा पनि मृत्युदर कम रहेकाले आत्मबल बढिरहेको खत्री सुनाउँछन् ।

`सबैभन्दा ठूलो त आत्मबल रहेछ,´ उनले भने, `अहिले मलाई कोरोना लागिहालेमा पनि निको भैइहाल्छ भन्ने लाग्छ । त्यसै कारण परिवारले नै कोरोना खोप लगायौँ ।´ उनका छिमेकी द्रोण खड्काले पनि खाेप लगाएका छन् । `भारत जान पनि खाेप लगाएको प्रमाण देखाउनुपर्ने, अस्पतालमा उपचार गर्न जान खोप लगाएको प्रमाण देखाउनुपर्ने जस्ता नियमले मैले कोरोना विरुद्धको खोप लिए, ´ उनले भने । खोप लगाएपछि खडकालाई ज्वरो, रुघाखोकी जस्ता केही लक्षण पनि देखिए तर, ज्वरो पाँच दिनपछि आफैँ ठिक भयो ।

खत्री र खडका जस्तै महोत्तरीमा अझै कोरोना खोप के हो र यसले कसरी प्रतिरक्षा गर्छ भन्ने धेरैलाइ थाहा छैन । भारत लगायत अन्य देशमा काम गर्न जानेका लागि कोरोना खोप अनिवार्य गरेपछि बाध्यतामा नै धेरैले चासाे लिने गरेका छन् ।

युवापुस्ता, शिक्षित वर्ग बाहेकले खोपको विषयमा खासै चासो नदेखाएको बर्दिबास अस्पतालका मेसु सुनिल दाह सुनाउँछन् । महोत्तरीमा ८ चरणमा खाेप लगाइएकाे छ ।जसबाट २ लाख ४८ हजार २ सय ९ जना अर्थात कुल जनसंख्याको झण्डै ५२ प्रतिशतले मात्र खोप लिएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ५१ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी