११ श्रावण २०८३, सोमबार | July 27, 2026

खोपले आत्मबल बलियो बन्यो



महाेत्तरी । बर्दिबास-३, पाटुका कृष्ण खत्रीलाई कोरोना खोप लगाए पनि रोगबाट बच्न सकिन्छ भन्ने कुनै विश्वास थिएन । जब गाउँका मान्छे धमाधम खाेप लगाउन थाले तब उनलाई उत्साहित बनायाे ।

`कोरोनाबाट बच्न खोप लगाउने भन्दा पनि मैले चै सवैतिर खोप लिएपछि जता जान पनि मिल्ने थाहा पाएपछि खोप लगाएको हुँ,´ उनले भने ।

खत्रीलाई कोरोना खोप लिएर राम्रो गरेको भन्ने लाग्छ । कोरोना खोप लगाएकामा संक्रमण भइहालेमा पनि मृत्युदर कम रहेकाले आत्मबल बढिरहेको खत्री सुनाउँछन् ।

`सबैभन्दा ठूलो त आत्मबल रहेछ,´ उनले भने, `अहिले मलाई कोरोना लागिहालेमा पनि निको भैइहाल्छ भन्ने लाग्छ । त्यसै कारण परिवारले नै कोरोना खोप लगायौँ ।´ उनका छिमेकी द्रोण खड्काले पनि खाेप लगाएका छन् । `भारत जान पनि खाेप लगाएको प्रमाण देखाउनुपर्ने, अस्पतालमा उपचार गर्न जान खोप लगाएको प्रमाण देखाउनुपर्ने जस्ता नियमले मैले कोरोना विरुद्धको खोप लिए, ´ उनले भने । खोप लगाएपछि खडकालाई ज्वरो, रुघाखोकी जस्ता केही लक्षण पनि देखिए तर, ज्वरो पाँच दिनपछि आफैँ ठिक भयो ।

खत्री र खडका जस्तै महोत्तरीमा अझै कोरोना खोप के हो र यसले कसरी प्रतिरक्षा गर्छ भन्ने धेरैलाइ थाहा छैन । भारत लगायत अन्य देशमा काम गर्न जानेका लागि कोरोना खोप अनिवार्य गरेपछि बाध्यतामा नै धेरैले चासाे लिने गरेका छन् ।

युवापुस्ता, शिक्षित वर्ग बाहेकले खोपको विषयमा खासै चासो नदेखाएको बर्दिबास अस्पतालका मेसु सुनिल दाह सुनाउँछन् । महोत्तरीमा ८ चरणमा खाेप लगाइएकाे छ ।जसबाट २ लाख ४८ हजार २ सय ९ जना अर्थात कुल जनसंख्याको झण्डै ५२ प्रतिशतले मात्र खोप लिएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ५१ बजे

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप