२४ बैशाख २०८१, सोमबार | May 6, 2024

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ ।

विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई अघ्र्य दिएर यो चाड मनाइन्छ ।

तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ०६ बजे

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ