२२ भदौ २०८३, सोमबार | September 8, 2026

डेङ्गुका बिरामी बढ्दै



काठमाडौं । ग​र्मी ​मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका बिरामी देखिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौंमा सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका छन् । महाशाखाका अनुसार गत साउनयता काठमाडौँमा ३२ जना डेङ्गुका बिरामी देखिएका छन् ।

म्याग्दीमा २७, कैलालीमा २२, सङ्खुवासभामा ४९ जना डेङ्गुका बिरामी देखिएका छन् । महाशाखाको तथ्याङ्कअनुसार गत साउनदेखि २९० जनामा डेङ्गु पुष्टि भएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेङ्गु नियन्त्रण गर्न सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएको हुनाले पहिले घरबाट नष्ट गर्नुपर्ने बताए ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। पुनले टेकु अस्पतालमा ज्वरो आएका बिरामी आउने गरेको बताए । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : २२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार