११ कार्तिक २०८३, बुधबार | October 28, 2026

‘फास्ट ट्रयाक’ विधिबाट चैतभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइने



काठमाडौं । गत असार एक गतेको बाढीले क्षति पु(याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।

हाल त्यस क्षेत्रमा बाढी तथा पहिरो भत्काएको सडक अस्थायी रुपमा मर्मत गरी मुहान क्षेत्रसम्म गाडी पुग्न सक्ने भएको छ । यस अघि अस्थायी बाँध र दुईसय मिटरको वैकल्पिक सुरुङबाट मुख्य सुरुङमा पानी लगिएको थियो ।

बाढीले वैकल्पिक सुरुङभित्र लेदो थुपारेको छ । यता मुख्य सुरुङको करीब पाँच किलोमिटर खण्डमा जम्मा भएको पानी निकालेपछि वैकल्पिक सुरुङबाट खोलालाई मुख्य सुरुङमा खसालेर पानी काठमाडौं ल्याउन सकिने समितिले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट बक्तव्यमा चैतसम्ममा काठमाडौंमा मेलम्चीको पानी झारेर वितरण गरी सक्ने भन्ने उल्लेख गरेको थियो । समितिले खानेपानी तथा सरसफाइ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा कार्ययोजना पेश गर्ने र त्यस पछि काम शुरु गर्ने तयारी गरेको पन्तले जानकारी दिए ।

सुरुङ सफा गर्ने, बाटो बनाउने, पहिरो नियन्त्रण गर्ने र मेलम्ची नदीलाई च्यानलाइज गर्ने गरी कार्ययोजना तयारी गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा छेटु शेर्पाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : २६ बजे

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६

पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको