७ श्रावण २०८३, बिहिबार | July 23, 2026

जो खाली खुट्टा पुरस्कार थाप्न गए



नयाँ दिल्ली । सोमबार भारतको प्रख्यात पद्यमश्री पुरस्कार वितरण समारोह आयोजना भएको थियो । राष्ट्रपति कार्यलयमा आयोजित समारोहमा पदक थाप्न मानिसहरू तामझामसहित उपस्थित भएका थिए ।

त्यही भिडमा दुई ओटा अनौठा दृश्यले सहभागीको ध्यान तानेको थियो । समारोहमा एक महिला आफ्नो आदिवासी भेषमा खाली खुट्टा पुगेकी थिइन् । उनी थिइन वातवरणविद् तुलसी गोवाडा । ७२ वर्षीय तुलसी कर्नाटकको हलाक्की जनजाती समुदायकी महिला हुन् ।

गरिव परिवारमा जन्मिएकी उनले कुनै औपचारिक शिक्षा पाइनन् । यद्यपी, उनी जगंलको ‘इन्साइक्लोपेडिया’ नामबाट चिनिन्छिन् । किनकी, उनलाई विभिन्न प्रजातिका बनस्पति र विरुवाबारे राम्रो ज्ञान छ । उनले १२ वर्षको उमेरदेखि नै बिरूवा रोप्न थालेकी थिइन् । रोपेका बिरुवाको हेरचाह उनी आफैंले गर्थिन् । तुलसी वन विभागमा पनि काम गर्छिन् ।

राष्ट्रपति रामनाथ कोविन्दबाट पुरस्कार लिने क्रममा मञ्चमा पुग्दा तुलसीको प्रधानमन्त्री नरेन्द्र्र मोदी र गृहमन्त्री अमित साहसँग भेट भएको थियो । मोदी र साहले उनलाई दुई हात जोडेर सम्मानसाथ अभिवादन गरेका थिए ।

त्यस्तै, अर्का पुरस्कृत व्यक्तित्व ६५ वर्षीय सुन्तला व्यापारी हरेकाला हजाब्बा पनि खाली खुट्टा राष्ट्रपति कार्यालय पुगेका थिए । सुन्तला बिक्रीको कमाईबाट हजाब्बाले दक्षिण कन्नाडाको एउटा गाउँका गरिव बालबालिकाहरूका लागि प्राथमिक र माध्यामिक विद्यालय खोलेका थिए ।

सो अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले सात जनालाई प्रतिष्ठित पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरेका थिए।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ५० बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका