१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेश सरकारको हिउँदे अधिवेशन दाङमा बोलाउने तयारी, भवन निर्माण डेढ महिनामै सकिने



बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको र आगामी मंसिरसम्म पूरा हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले जानकारी दिए ।

प्राधिकरणले दुई चरणमा सक्ने गरी भवन निर्माणको काम अगाडि बढाएको हो । प्रदेशसभाको भवन लुम्बिनी प्रदेशको ऐतिहासिकता झल्किने गरी आधुनिक शैलीमा निर्माण भैरहेको छ । ५ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको भवनमा ढुंगाको छाना, आँखी झ्याल जस्ता यस क्षेत्रका परम्परागत डिजाइनहरु समावेश गर्ने गरी काम भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताए ।

भवन निर्माणका लागि अहिले रातिमा समेत कामदार खटिएका छन् । भवन निर्माणका लागि २४ वैशाख २०७७ मा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु भएको थियो । ठेक्का सम्झौता अनुसार २०७८ साउनभित्रै भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने छ ।

तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो । सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ ।

प्रदेशसभाले हिउँदे अधिवेशन नयाँ भवनमै गर्ने गरी तयारी गरेको छ । वर्षे अधिवेशन सकिने र आगामी हिउँदै अधिवेशन दाङमा निर्मित नयाँ भवनमा गर्ने गरी तयारी गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । हाल प्रदेशको अस्थायी मुकाम बुटवलमा भाडाको घरमा प्रदेशसभा सञ्चालन भैरहेको छ । देउखुरीमा राप्ती प्राविधिक शिक्षालयको जग्गामा प्रदेशसभाको भवन निर्माण भैरहेको हो ।

प्रदेशसभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फिटमा तयार हुनेछन् । प्रदेशसभाको सभाहल भने ७ हजार स्क्वायर फुटमा तयार भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ०३ बजे

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा