१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आज साँझ ‘सुदामा प्याखँ’ मञ्चन हुने



ललितपुर । पाटनको कृष्ण मन्दिर परिसरस्थित ‘कात्तिक डबली’ मा आज ‘सुदामा प्याखँ’ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृत्य प्रदर्शन गर्न लागिएको हो ।

यस वर्षको पहिलो दिन आज भगवान कृष्ण र उनका प्रिय मित्र सुदामाको कथामा आधारित भएर नाटक वा नृत्य मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । उनले भने, ‘यस नाचमार्फत दुई मित्रबीचको घनिष्ठता, उहाँहरु एक ईश्वर र अर्का गरिब दुःखी भए पनि प्रेमपूर्ण र आधारको सम्बन्धलाई यस नाचमार्फत देखाउने छौँ ।’

यसैगरी कृष्ण र सुदामा गुरुकुलमा अध्ययन गर्दाको बाल्यकाल, सुदामा जवान हुँदै जाँदा लोभी भएका कारण देखिएको दरिद्रतालाई उजागर गरी नाचमार्फत मानिस लोभी हुनुहुँदैन, यदि लोभी भयो भने यस्तै दरिद्रता भोग्नुपर्छ भन्ने सन्देश पस्कने नले जानकारी दिए ।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । प्रत्येक वर्ष कात्तिक नाच सुरु गर्नु अघिल्लो दिन ललितपुर महानगरपालिका-१२ स्थित पाटनको नासलचोक र नाट्यश्वर महादेव मन्दिरमा गएर महादेवको पूजा तथा आराधना गर्ने चलनानुसार मंगलबार सो विधि पूरा गरिएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए ।

यस वर्ष सुदामा प्याखँसँगै बिहीबार अनि शुक्रबार दुवै दिन बाथः प्याखँ, शनिबार युद्धकला, आइतबार देवी प्याखँ, सोमबार जल शयण अर्को मङ्गलबार बराह अवतार र अन्तिम दिन बुधबार नृसिंह अवतार नृत्य मञ्चन गरी बिट मारिने समितिका प्रचार विभाग संयोजक सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिए ।

सो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा सम्पूर्ण नेपालीसामु रहन सफल भइरहेको जनाइएको छ । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य, मान्यता बोकेको यस नाचको गरिमा आज पनि उत्तिकै उच्च स्थानमा रहेको छ । यस गरिमायम नाचको सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ ।

कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्ति र सु-व्यवस्था कायम रहने विश्वास रहेको छ। सो नाचको थालनीले सुरुवाती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैले ठूलो विशेषता बोकेको छ ।

कात्तिक नाच प्रथमपटक पाँच दिन प्रदर्शनी भएको थियो। सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथः प्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन सञ्चालन गरिएको जानकारहरू बताउँछन् । यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको इतिहासकार बताउँछन् ।

मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो । यो ललितपुरको मात्र नभई सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदाका साथै परम्परागत सांस्कृतिक जर्गेना गर्ने माध्यम पनि बनिरहेको छ । हिन्दूका साथै बौद्ध धर्मावलम्बीका लागि पनि अति महत्वपूर्ण सो नाट्य महोत्सव यस वर्ष आठ दिन मञ्चन गरिने भएको छ । गत वर्ष मुलुकमा कोरोना महामारी बढेकाले दुई दिनमात्रै देखाइएको थियो । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : १७ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल