१ पुस २०८२, मंगलबार | December 17, 2025

एमाले महाधिवेशन प्रतिनिधि छनोट : ओखलढुंगामा बालकृष्ण ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव



ओखलढुंगा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ । दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो । मंगलबार भएको सचिवालय बैठकमा सहभागी सदस्यहरुले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए ।

सचिवालय बैठकबाटै नेताहरुले गुटका मान्छे प्रतिनिधि लैजान खोजेपछि निर्वाचनमा जान सदस्यहरुले जोड दिएका हुन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब एक सय जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएको बताए ।

एमालेमा दुई गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल,अम्बीर गुरुङ, नानीबाबु बुढाथोकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतको एक समूह र यज्ञराज सुनुवार, किशोर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतको अर्को समूह बनेको छ । यी दुई समूहबीच प्रतिनिधि को पठाउने भन्ने सहमति नहुँदा चुनाव हुने देखिएको हो ।

माओवादीबाट आएका बालकृष्ण ढुंगेलको समूह अम्बीर गुरुङसँग जोडिएपछि साविक ओली गुट दुई समूहमा छ । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए ।

साविक ओली समूहमा लागेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र सचिव शंकर कटवाल गुरुङ(ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज(किशोर समूह नजिक रहेको बताइएको छ । प्रदेश सांसदसमेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटको विषयमा अध्यक्ष श्रेष्ठको भनाभनकै तहमा विवाद भएको एक नेताले जानकारी दिए ।

पालिका अधिवेशनबाटै गुट उपगुटको सिकार बनेको एमाले प्रतिनिधि छनोटमा दुई समूहले नै उम्मेदवार उठाउने निश्चित छ । आ(आफ्नो समूहको गृहकार्यमा नेताहरु जुटेका छन् । पालिका तहमा निर्वाचन हुने र त्यसको तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएको नेता सीताराम गुरुङले बताए । मनोनयन दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने टुंगो लाग्ने उनको भनाइ छ ।

जिल्लाबाट बढीमा समावेशीसमेत गरी ८ जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यता अझै यकिन भइसकेको छैन । एमालेको १०औं महाधिवेशन १०(१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ४५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष