२९ माघ २०८२, बिहिबार | February 13, 2026

सिन्धुली सदरमुकाममा एमाले र गठबन्धन कार्यकर्ताबीच तनाब, प्रशासनद्वारा निषेधाज्ञा जारी



काठमाडौं । सिन्धुलीगढी विजयोत्वस कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएपछि सत्तारुढ गठबन्धनले विरोध गर्दा सिन्धुली सदरमुकाम तनाबग्रस्त बनेको छ ।

एमाले र गठबन्धनका कार्यकर्ताहरुबीच झडपको अवस्था सिर्जना भएपछि प्रशासनले सदरमुकाम सिन्धुलीगढीमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले हस्पिटल रोड, स्टल बजार, बसपार्क, जुनारचोक, ग्वाङ् खोला पुल क्षेत्रभित्र अहिले बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

एमालेबाट निर्वाचत कमलामाई नगरपालिकाका मेयरले राजनीतिक सहमति विना जिल्लाको महत्वपूर्ण कार्यक्रममा पोखरेललाई प्रमुख अतिथि बनाएपछि दलहरुबीच विवाद चर्किएको थियो । आज सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र बीपी कोइराला एवं पुष्पलाल श्रेष्ठको सालिक अनावरणको कार्यक्रम रहेको छ ।

पोखरेलको विरोधमा गठबन्धनका कार्यकर्ताहरुले कार्यक्रम स्थल वरिपरि घेरा हालेर बसेका छन् । यस्तै ठूलो संखयामा उपस्थित एमालेका युवाहरु पनि जस्तोसुकै अवस्थाको सामना गर्ने भन्दै कार्यक्रमस्थलमा तम्तयार अवस्थामा रहेका छन् । दुई पक्षबीच तनाब बढ्ने अवस्था देखिएपछि प्रशासनले निषेधाज्ञा लगाएको हो । लोकतान्त्रिक चोकमा रहेको वाल उद्यान पार्कमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : ४२ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक