१५ बैशाख २०८१, शनिबार | April 28, 2024

सिन्धुली सदरमुकाममा एमाले र गठबन्धन कार्यकर्ताबीच तनाब, प्रशासनद्वारा निषेधाज्ञा जारी



काठमाडौं । सिन्धुलीगढी विजयोत्वस कार्यक्रममा नेकपा एमालेका महासचिव इश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएपछि सत्तारुढ गठबन्धनले विरोध गर्दा सिन्धुली सदरमुकाम तनाबग्रस्त बनेको छ ।

एमाले र गठबन्धनका कार्यकर्ताहरुबीच झडपको अवस्था सिर्जना भएपछि प्रशासनले सदरमुकाम सिन्धुलीगढीमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले हस्पिटल रोड, स्टल बजार, बसपार्क, जुनारचोक, ग्वाङ् खोला पुल क्षेत्रभित्र अहिले बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

एमालेबाट निर्वाचत कमलामाई नगरपालिकाका मेयरले राजनीतिक सहमति विना जिल्लाको महत्वपूर्ण कार्यक्रममा पोखरेललाई प्रमुख अतिथि बनाएपछि दलहरुबीच विवाद चर्किएको थियो । आज सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र बीपी कोइराला एवं पुष्पलाल श्रेष्ठको सालिक अनावरणको कार्यक्रम रहेको छ ।

पोखरेलको विरोधमा गठबन्धनका कार्यकर्ताहरुले कार्यक्रम स्थल वरिपरि घेरा हालेर बसेका छन् । यस्तै ठूलो संखयामा उपस्थित एमालेका युवाहरु पनि जस्तोसुकै अवस्थाको सामना गर्ने भन्दै कार्यक्रमस्थलमा तम्तयार अवस्थामा रहेका छन् । दुई पक्षबीच तनाब बढ्ने अवस्था देखिएपछि प्रशासनले निषेधाज्ञा लगाएको हो । लोकतान्त्रिक चोकमा रहेको वाल उद्यान पार्कमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : ४२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म