३० चैत्र २०८२, सोमबार | April 13, 2026

दुर्घटनापछि यात्रुवाहक बसमा आगलागी, १२ जना घाइते



धनुषा । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।

दुर्घटनामा घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेका उनले बताए । घाइतेमध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रु सकुशल रहेका छन् ।

दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बर यात्रुवाहक बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको उनले जानकारी दिए ।

धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ । सडकबाट तल खसेको बसमा आफैँ आगो लागेको थियो । बस पल्टिने क्रममा तेलको टंयाकी फुटेर आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ। आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : ५८ बजे

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन

वार्ता असफल भएपछि इरानलाई ट्रम्पले दिए नयाँ धम्की

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यका लागि

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण