७ आश्विन २०८३, बुधबार | September 23, 2026

अपांगता भएकी अम्मराको पीडा : उपचार गरेपछि झनै समस्या भयो



बैतडी । पुर्चौडी नगरपालिका-६ स्वाडीकी अम्मरा साउद २३ बर्षकी भइन् । उनी जन्मजात अपांगता भएकी व्यक्ति हुन् । उनको बाँया खुट्टा र बाँया आँखाले काम गर्दैनन् । बाँया आँखाले पटक्कै नदेख्ने र बाँया खुट्टा पनि पटक्कै नचल्ने उनी बताउँछिन् ।

उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर छ । त्यसमाथि १९ बर्षअघि नै घरको मूली बाबुको मृत्यु भएपछि उनी बेसहार झैं बनेकी छिन् । उनका दाजुले ज्याला मजदुरी गरेर कमाएको पैसाले बिहान बेलुका हातमुख जोड्नसम्म मुस्किलेले पुगेको छ । घरमा दाजु, भाउजु र वृद्धा आमा उनै एक जनाको कामाइको भरमा छन् ।

पटक पटक उपचारका लागि पुर्चौडी नगरपालिकासँग अनुरोध गरेकी अम्मराले गत आर्थिक बर्षमा उपचार खर्च बापत ५० हजार प्राप्त गरेकी थिइन् । उक्त रकम साथ लिएर उनी उपचारका लागि गत माघमा काभ्रेको बनेपास्थित अपांग बाल अस्पताल पुगेकी थिइन् । त्यहाँ एक महिनासम्म अस्पतालमा भर्ना भइन् । एक लाखभन्दा बढी खर्च गरेर अम्मराको खुट्टाको अप्रेसन भयो । अप्रेसनपछि उनलाई ११ चैतमा पुनः अस्पताल आउन भनिएको थियो । तर, गाडीभाडा समेत जुटाउन नसक्दा बनेपा अस्पताल जान पाइनन् ।

बनेपा अस्पताल हिँडेकी अम्मरा धनगढीसम्म मात्रै पुग्न सकिन् । उनले कैलालीमा रहेको पद्मा अस्पतालमा १० हजार खर्च गरी खुट्टाको प्लास्टर निकालिन् । त्यसपछि घर फर्केकी उनलाई अहिले विगतकोभन्दा बढी समस्या भएको छ ।

पीडित साउदले भनिन्, ‘म उपचार गर्नुअघिसम्म बैशाखी टेकेर १-२ घण्टा हिड्न सक्थेँ । अप्रेसन गरेपछि झनै समस्या भएको छ । अहिले घरबाहिर आउन समेत समस्या हुन्छ । मेरो खुट्टामा हालेका रड र किलाहरू बिझाउँछन् । दोश्रो पटक अस्पताल आउनु भनेकोमा पैसाको अभावका कारण अस्पताल जान सकेकी छैन् । घरमा कसैको कमाई छैन् । मेरो पीडा बुझेर कसैले धेरथोर रकम आर्थिक सहयोग गरिदिए आभारी हुने थिए ।’ नगरपालिकाले पनि पटक पटक सहयोग गर्न सकिँदैन भनेको उनले बताइन ।

अहिले बैशाखी टेक्न समेत समस्या भइरहेको साउदले सुनाइन् । अहिलेसम्म उपचारका लागि बझाङ अस्पताल, जोगबुडा अस्पताल र काभ्रेको बनेपा अस्पताल पुगे पनि उपचार सम्भव नभएको उनले बताइन् ।

अम्मराका दाई गोरे साउद दैनिक भारी बोक्ने काम गर्छन् । भारी बोकेको ज्यालाले दैनिक छाक टार्ने गरेका छन् । बर्षाका बेला चुहिने घरमा बस्ने अम्मराको परिवारको आर्थिक अवस्था नाजुक रहेकाले उपचार गर्न सक्ने अवस्था छैन् ।

अपांगता भएकी अम्मरा साउदलाई आर्थिक सहयोग गर्न चाहेमा मोबाइल नम्बर ९८४२१९०३४२ मा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ०२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११