काठमाडौं । यस वर्षको छठ पर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा अर्चना गरेर प्रारम्भ गरेकी छिन् । छठ पर्वको उपलक्ष्यमा राष्ट्रपति भण्डारी आज कमलपोखरीमा पुगेर पूजा अर्चना सहित अस्ताउँदो सूर्यलाई अर्घ चढाएर छठ पूजाको प्रारम्भ गरेकी हुन् ।
कमलपोखरी पुग्नु अघि राष्ट्रपति भण्डारी गौरीघाट पुगेर पूर्जाको पूवए तयारीको अवलोकन गरेकी थिईन् ।
छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर प्रारम्भ भएको छ भने बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुनेछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको थियो ।
प्रतिक्रिया