२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड विश्वकपको फाइनलमा



काठमाडौं । न्युजिल्यान्ड पहिलो पटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ । बुधबार अबुधाबीमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।

अबुधाबीमा पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डलाई पहिलो पटक फाइनल पुर्याउने क्रममा डार्यल मिचेलले उत्कृष्ट ब्याटिङ गरे ।

नटआउट ७२ रनको इनिङ खेलेका मिचेलले ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै, डेभोन कन्वेले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए भने विस्फोट इनिङ खेलेका जेम्स निसमले ११ बलमा २७ रन बनाए ।

इंग्ल्यान्डका क्रिस वक्सले ४ ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट लिए भने लियम लिभिङ्सटन ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। यस्तै, अदिल रसिदले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले मोइन अलीको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । अलीले ३७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, डेविड मलानले ३० बलमा ४१ रन बनाउँदा जोस बट्लरले २९ र लिविङ्सटनले १७ रनको योगदान दिए । न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, जेम्स निसम र इश सोधीले समान १ विकेट लिए ।

पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डले बिहीबार हुने अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइलन दुबईमा आइतबार हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ६ : ४८ बजे

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा