२२ भदौ २०८३, सोमबार | September 8, 2026

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन : हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग



काठमाडौं । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ ।

बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ९कोप २६० को प्राविधिक सत्रमा यो कुरालाई अनुमोदन गरिएको छ ।

सम्मेलनको पहिलो सत्रमा राजनीतिक प्रतिबद्धता तथा घोषणा हुने गर्छन् । पहिलो सत्रमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले गरेका घोषणा तथा प्रतिबद्धतालाई कसरी कार्यान्वयनमा लैजाने भन्ने विषयमा प्राविधिक रूपमा दोेस्रो सत्रमा छलफल, बहस तथा समझदारी हुने गर्छ । यही दोस्रो सत्रलाई प्राविधिक सत्र भन्ने गरिन्छ । कात्तिक १४ बाट सुरु भएको सम्मेलन कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्राविधिक सत्रमा हिन्दकुश क्षेत्रको थप अध्ययन, अनुसन्धान गर्दै त्यहाँको जनजीवन, अर्थव्यवस्था, संरक्षण, चुनौती तथा सम्भावनाबारे कार्यक्रम सञ्चालन गर्नका लागि विश्व समुदाय सहमत भएसँगै बेलायतले आफ्नो आर्थिक सहयोगको घोषणा पनि गरेको छ ।

हिन्दकुश हिमालय पर्वत शृङ्खलामा जलवायु परिवर्तनले पारेको असर, वर्तमान अवस्था तथा जनजीविका विषयमा अध्ययन, अनुसन्धान तथा कार्यक्रम सञ्चालन गर्न बेलायत सरकारले २५० मिलियन अमेरिकी डलर आर्थिक सहायता दिने प्रतिबद्धता व्यक्त गरेको सम्मेलनमा सहभागी जलवायु परिवर्तन विश्लेषक डा. विमल रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी अमेरिकी सरकारले समेत हिमाली क्षेत्रका मुलुकलाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ । अन्य मुलुकले पनि सहयोगको प्रतिबद्धता गर्ने क्रम जारी रहेको छ । आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ७ : २४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार