३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

ब्युटिसियनलाई कोभिड राहत तथा प्रशिक्षण



बुटवल । लुम्बिनी प्रदेशका कोभिड संक्रमण भई निको भएका १५ जना ब्युटिसियनहरुलाई मेडिकल तथा सुरक्षा सामग्री वितरण गरिएको छ । श्रमिकहरुको हकहितमा कार्यरत अन्तराष्ट्रिय संस्था युएनआई नेपालको सहयोग तथा नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेश बुटवलको आयोजनामा बुधबार एक समारोहका बिच रुपन्देहीमा क्रियाशिल ब्युटिसियनहरुलाई कोभिड १९ राहत वितरण तथा सदस्य प्रशिक्षण कार्यक्रम गरिएको हो ।

नेपाल ब्युटिसियन संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ता शर्माले आर्थिक रुपमा सक्षम नभई महिलाहरु पुरुषको दाजोमा अगाडि आउन नसक्ने बताईन । सुरक्षित कार्यक्षेत्र र सुरक्षित श्रम नारासहित स्थापना भएको युएनआई नेपालको ४ वर्षअघि सदस्यता लिएको भन्दै उनले स्वस्थ्यसंग प्रत्यक्ष जोडिएको ब्युटिसियन पेशामा आवद्घहरु सो संस्थाबाट सहयोग सामग्री प्राप्त भएको बताईन ।

पहिलो कोभिडको संक्रमणका बेला ५० हजार रुपैया नगद सहयोग भएको उनले बताईन । यसैगरि यसपटक संक्रमितको तथ्याक संकलन गरि देशभरबाट आवश्यक सहयोग आएको उनले बताए । सातवटै प्रदेशमा अक्सिमिटर, थर्मामिटर, कफ सिरप, मास्क, सेनिटाईजर, च्यावनप्रास, लगायतका स्वस्थ्य सामग्रीहरु वितरण गरिएको उनले बताईन ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काग्रेसका प्रदेश सल्लाहकार दिर्घ बहादुर केसीले पारदर्शिता संगठनको पहिचान बनाउन सुझाव दिदै यो विषयमा सचेत हुनुपर्ने बताए । नेपालमा भएका धेरै संस्थाहरु अपारदर्शिताका कारण विदेशबाट आउने धेरै सहयोग बन्द भएको भन्दै सम्बन्ध बिस्तारलाई ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल निर्माण संघका केन्द्रीय अध्यक्ष जेबि गुरुङले कोभिड कै कारण विश्वभरका धेरै मानिसहरुमा मानसिक र शारिरिक समस्यामा परेको बेला गरिने राहत कार्यक्रम महत्त्वपूर्ण भएको बताए । दैनिक रोजगार गरेर जिविकोपार्जन गर्ने श्रमजिविहरु पिडामा रहेको उनले बताए। आत्मनिर्भर बनाउन ब्युटिसियन पेशा धेरै उत्कृष्ट रहेको भन्दै संगठित भएर ब्यवसायिक हित र सामाजिक क्षेत्रमा संघको भुमिका धेरै उदाहरणिय रहेको उनले बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियनका प्रदेश उपाध्यक्ष कृष्ण बेलबासे, जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, नेपाल ब्युटिसियन संघका केन्द्रीय सदस्य पार्वती अधिकारी, नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेश बुटवलका अध्यक्ष बिष्णु थापा, सहसचिव दुर्गा पंगेनी, संघ नवलपरासीका अध्यक्ष मन्जु खत्री, रुपन्देही जिल्ला अध्यक्ष रेणु कर्माचार्य, बुटवल उपमहानगरपालिका अध्यक्ष मनु न्यौपाने संगठन फाईदा भन्दा पनि सेवा भावनालाई ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ०१ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र