२२ बैशाख २०८१, शनिबार | May 4, 2024

धारा सातौं नेपालगञ्ज म्याराथनको टिसर्ट सार्वजनिक



नेपालगञ्ज । धारा सातौं नेपालगञ्ज म्याराथनको मिति नजिकिदै गर्दा टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमका बीच धारा सातौं नेपालगञ्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरिएको हो ।

आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले धारा सातौं नेपालगञ्ज म्याराथनमा सबै सहभागीले आज सार्वजनिक गरेको टिसर्ट लगाउने दिए । उनले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न लागि परेको र यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

टिसर्ट सार्वजनिक गर्दै लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिव भीम वलीले नेपालगञ्ज म्याराथनले शहरलाई चिनाउने काम गरिरहेकाले सबै मिलेर यसलाई सफल बनाउनु पर्नेमा जोड दिए । उनले म्याराथन केवल दौडमात्रै नभएर शहरको पहिचान गराउने, पर्यटक भित्र्याउने सशक्त माध्यम भएको बताए ।

टिसर्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएका सरोकारवालाहरुले नेपालगञ्ज म्याराथन उत्सव भएकाले सबैले मिलेर उत्सवमय बनाउनु सदस्य सचिव ओलीले बताए । उनीहरुले नेपालगञ्जलाई खेलकुदको शहरको रुपमा विकास गर्न म्याराथनले ठूलो भूमिका खेलिरहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २ का अध्यक्ष सुनिलसिंह हमाल, राखेपका सदस्य सुमित्रा चौधरी, जिल्ला खेलकुद विकास समिति, बाँकेका अध्यक्ष मोहित शाह, उपाध्यक्ष कृष्णा पाठक, शहरका प्रतिष्ठित व्यक्तित्वहरु सञ्जय थापा, डा. अभिनिन्द्र मिश्र, शशी स्वाँर, विकास बज्राचार्य, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, तेजविक्रम शाह, सूर्यमणि अधिकारी, हेमन्त काफ्ले, म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले टिसर्ट सार्वजनिक गरेका थिए ।

सरकार र तत्कालिन विद्रोही माओवादीबीच भएको बृहत शान्ती सम्झौता (मंसिर ५) लाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ । मंसिरको पहिलो साताको पहिलो शनिबार आयोजना हुने म्याराथन यसपटक मंसिर ४ गते परेको छ ।

नेपालगञ्जको वीपीचोकबाट शुरु हुने म्याराथनमा सात हजारलाई सहभागी गराउने तयारी भइरहेको छ । त्यसका लागि आन्तरिक तयारी तिब्र रुपमा भइरहेको छ भने सरोकारवालासँग छलफल र बैठकहरु भइरहेका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्ने कार्यक्रममा महानायक राजेश हमाल, विश्व साइकलयात्री पुष्कर शाहलगायतको उपस्थिति हुने भएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ५४ बजे

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको