२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार : कोही पार्टी सदस्य नै नभएका, कोही ‘फरार’ सूचीका



ओखलढुंगा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले सार्वजिनक गरेको विवरण अनुसार तत्कालीन स‌ंविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताको उम्मेदवारी परेको छ ।

महाधिवेशन प्रतिनिधि दावी गर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य निशान श्रेष्ठ, युवा संघकी नेतृ थलु राजभण्डारी समेत छन् ।

निर्वाचन समितिले बिहीबार दिउँसो सम्मका लागि उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । सहमतिका लागि प्रयास भइरहेको एमालेका जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारले बताए ।

उम्मेदवार पार्टी सदस्य नभएकादेखि ‘फरार’ सम्म

एमालेका महाधिवेशन प्रतिनिधीका उम्मेदवार पार्टी सदस्य नभएका र आपराधिक मुद्दामा फरार रहेका व्यक्तिसम्म छन् । उम्मेदवारी दर्ता गरेकी युवा संघकी नेता थलु राजभण्डारीको पार्टी सदस्यता नभएको, सिद्धिचरण नगरपालिकाकी उपप्रमुखको विधान अनुसारको योग्यता नपुगेको भनेर निर्वाचन समितिले कैफियत लेखेको छ ।

त्यस्तै, वारेसबाट उम्मेदवारी दर्ता गराएका पेशल राज बुढाथोकी प्रहरीको फरार सूचीमा छन् । ठगी मुद्दामा फरार उनको वारेसबाट उम्मेदवारी दर्ता गरिएको छ ।

 

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १० : ५० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार