७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले शीर्ष नेता १० औँ महाधिवेशन स्थलको अवलोकनमा



चितवन । नेकपा (एमाले)का शीर्ष नेताहरूले पार्टीको १० औँ महाधिवेशन स्थलको अवलोकन गरेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताले महाधिवेशनको उद्घाटन र बन्द सत्र हुने स्थानको अवलोकन गरेका हुन् ।

नेताहरूले उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारको निरीक्षण गरेर बन्द सत्र हुने स्थान सौराहा पुगेका छन् । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा हुँदै छ । बन्द सत्र सौराहाको बाघमारामा हुने तय भएको छ ।

महाधिवेशनमा देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुनेछन् । सञ्चारकर्मीहरू सँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए । उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई