११ पुस २०८२, शुक्रबार | December 26, 2025

एमाले शीर्ष नेता १० औँ महाधिवेशन स्थलको अवलोकनमा



चितवन । नेकपा (एमाले)का शीर्ष नेताहरूले पार्टीको १० औँ महाधिवेशन स्थलको अवलोकन गरेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, विष्णु रिमाल लगायतका नेताले महाधिवेशनको उद्घाटन र बन्द सत्र हुने स्थानको अवलोकन गरेका हुन् ।

नेताहरूले उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारको निरीक्षण गरेर बन्द सत्र हुने स्थान सौराहा पुगेका छन् । एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा हुँदै छ । बन्द सत्र सौराहाको बाघमारामा हुने तय भएको छ ।

महाधिवेशनमा देशभरबाट दुई हजार प्रतिनिधि सहभागी हुनेछन् । सञ्चारकर्मीहरू सँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताए । उनले स्थलगत निरीक्षणपछि छलफल गरिने र आवश्यक तयारीका काम अगाडि बढाउने जानकारी दिए ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : ३० बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको