२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बूढानीलकण्ठमा शनिबारदेखि एकादशी मेला सुरु



काठमाडौं । बूढानीलकण्ठ मन्दिरमा आगामी शनिबारदेखि एकादशी मेला सुरु हुने भएको छ ।

बूढानीलकण्ठ नारायणस्थानमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने बूढानीलकण्ठ नारायणस्थान मठका महन्त निगमानन्द स्वामीले बताए ।

‘मेला व्यवस्थापनका लागि १०१ सदस्यीय एकादशी मेला सञ्चालन मूल समारोह समिति नै गठन गरिएको छ,’ उनले भने । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि बन्द गरिएको एकादशी मेला यस वर्ष पुनः सञ्चालन गरिने भएको हो ।

मेलाकै अवसर पारेर कात्तिक २७ गतेदेखि सातदिने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि सुरु गरिने बताइएको छ । आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन क्षीर सागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने भएकाले यो एकादशीलाई हरिबोधिनी भनिएको हो । यो चार महिनाको समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : ०७ बजे

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा