१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

दोलखाको भीमेश्वर मन्दिरको प्रवेशद्वारमा राखिएको मूर्ति चोरी



काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ ।

भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने प्रवेशद्धारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति चोरी गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

गएराति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृष्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।

मन्दिरको गेट बाहिरपट्टी रहेको सरस्वतीको मूर्ति चोरी भएको हो । नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पूजारीले स्थानीयवासीलाई खबर गरेका थिए । विसं २०५२ मा मन्दिर जीर्णद्वारको बेला राखिएका उक्त मूर्ति चोरी भएका अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : १८ बजे

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध

बाँकेको खजुरामा शंकास्पद वस्तु फेला, सेना घटनास्थलमा

खजुरा । बाँकेको खजुरामा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार

टी-२० विश्वकपमा भारतको लगातार दोस्रो जित, नामिबिया ९३ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आयोजक भारतले लगातार दोस्रो जित

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ