४ पुस २०८२, शुक्रबार | December 20, 2025

जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनगणनालाई सफल बनाउन राज्य, सरकार र नागरिक संवेदनशील हुनुपर्ने बताएका छन् । उनले आज जारी गर्नुभएको सन्देशमा यस राष्ट्रिय अभियानमा सत्यतथ्य सूचना उपलब्ध गराएर सहयोग गर्न सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

आगामी दिनमा मुलुकमा विकास तथा निर्माणका साथै नागरिकलाई सामाजिक सेवा सुरक्षा र सुविधाको व्यवस्था गर्नका लागि आवश्यक आधारभूत तथ्याङ्क सङ्कलन गर्न जनगणना महत्वपूर्ण माध्यम रहेको केसीद्वारा जारी सन्देशमा उल्लेख छ ।

सन्देशमा निर्वाचन क्षेत्रको निर्धारण गर्न र पुनःसंरचना गर्न जनगणना एउटा महत्वपूर्ण माध्यम भएको भनिएको छ । एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने विश्वास गरिएको जनगणना संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि केसीले सफलताको कामना गरेका छन । प्रत्येक १० वर्षमा गर्ने गरिएको जनगणना आजदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने छ । विसं १९६८ देखि यसको सुरुआत भएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ५ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको