बुटवल । रुपन्देहीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ पत्थरडाँडामा रहेको फर्निचर उद्योगमा केहीबेर अघिबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण भने अझै आइसकेको छैन । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाको दमकल बोलाइएको र घटनास्थलमा पुग्ने क्रममा रहेको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।
प्रतिक्रिया