२५ भदौ २०८३, बिहिबार | September 10, 2026

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ। बजार परिसूचक नेप्से ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा झरेको हो।

आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल कारोबार भएका कम्पनीमध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

दिनभरमा ६ अर्ब ७ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा एक करोड ३९ लाख १३ हजार ७७० कित्ता सेयर ६९ हजार ७१५ पटक किनबेच भएका छन्।

कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै गरिमा समृद्धि योजना, सानिमा बैंक डिबेन्चर, गुर्खाज फाइनान्स र एनएमबी बैंक डिबेन्चर उच्च प्रतिफल दिने कम्पनीहरूको सूचीमा परेका छन्।

समूहगत परिसूचकतर्फ बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसमूह राताम्मे बनेका छन्। बजारमा अधिकांश क्षेत्रको गिरावटका कारण समग्र नेप्से परिसूचकमा दबाब परेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : ४४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी