१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागमतीमा मन्त्रिपरिषद् विस्तार : जमरकट्टेल र लामाले लिए शपथ



काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका सचिव निमा लामालाई स्वास्थ्यमन्त्री बनाएका छन् ।

नवनियुक्त मन्त्रीद्वय जमरकट्टेल र लामाले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बिहीबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

जम्कट्टेल पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

मुख्यमन्त्री पाण्डेले यसअघि आफू नियुक्त भएलगत्तै गठबन्धनका दलबाट तीन जना मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : ४५ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद