२२ भदौ २०८३, सोमबार | September 8, 2026

भान्सामा सिलिन्डर ‘बम’



काठमाडौं । ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो । मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार सुरुमा घरको तेस्रो तलामा बालेर छाडेको दियोबाट पर्दा जली आगलागी भएको देखिन्छ । त्यसपछि चौथो तलास्थित भान्साको सिलिन्डर आगोले भेटेर पड्किएको थियो ।

ललितपुरकै हौगालस्थित तामापित्तल वेल्डिङ गर्ने कारखानामा ग्यास सिलिन्डर पड्किँदा घटनास्थलमै एक र उपचारका क्रममा अन्य दुई जनाको मृत्यु भयो । मृत्यु हुनेमा धु्रव ताम्राकार, राजेश ताम्राकार र सुरेश ताम्राकार छन् । यी दुवै घटनाबारे जानकार भीम शाक्यका अनुसार कात्तिक १९ गते एउटा सिलिन्डर भने केही भएको थिएन । ‘आगलागीकै कारण हो भने दुवै सिलिन्डर पड्किनुपर्ने हो’, ललितपुर महानगरपालिका १२ नवाहल टोल सुधार समितिका अध्यक्षसमेत रहेका शाक्य भन्छन्, ‘दुवै घटनामा पड्किएका सिलिन्डर पुरानो र मिति सकिएको भन्ने सूचना पाएको छु ।’

उनका अनुसार सिलिन्डर सुरक्षित र नयाँ भइदिए बिस्फोट हुँदैनथ्यो । सुनसरीको इटहरी उपमहानगरपालिका-११ खनारका ८८ वर्षीय दुर्गाप्रसाद काफ्ले पनि १० वर्षअघि यस्तै दुर्घटनामा परेका थिए । हलेसी महादेव दर्शनमा हिँडेका बेला उदयपुर कटारीमा टोलीकी एक महिलाले खाना पकाउने क्रममा एक्कासि ग्यास सिलिन्डरमा आगो बल्यो । उनले पानी ल्याएर खन्याइन् । त्यसपछि बिस्फोट हुँदा काफ्ले गम्भीर घाइते भए । उनी डेढ महिना उपचारपछि निको भए । ती महिलाको भने उपचारका क्रममा मृत्यु भयो ।

प्रहरीसँग यस्ता घटनाको तथ्यांक छैन । ‘यस्तो प्रकारका घटनालाई भवितव्यअन्तर्गत राखिने भएकाले तथ्यांक नभएको हो’, प्रहरी प्रवक्ता वसन्त कुँवर भन्छन्, ‘सिलिन्डर पड्किएर भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ । हामीले तथ्यांक संकलन गर्न थालेका छौं ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा अजवी पौड्यालले यो समाचार लेखेकी छन ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार