११ श्रावण २०८३, सोमबार | July 27, 2026

कानुनविपरीत मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन, बोर्डले दियो कारबाहीको चेतावनी



काठमाडौं । कानुनतः मदिरा, चुरो, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन गर्न पाइँदैन ।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा भनिएको छ, ‘मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायत मानवस्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन,’ भनिएको छ ।

तर, होर्डिङ बोर्ड मात्र होइन, कतिपय नेपाली सञ्चारमाध्यमले पनि मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन सम्प्रेषण गरिरहेका छन् ।

विज्ञापन बोर्डले मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन नगर्न तथा होर्डिङबोर्ड हटाउन चेतावनी दिएको छ । बोर्डका प्रशासकीय अधिकृत दिलीपकुमार महर्जनद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : २१ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज