८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमालेको दशौं महाधिवेशनको लोगो सार्वजनिक : गैँडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा



काठमाडौं । आगामी १०–१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा ‘नारायणगढ जाउँ, महाधिवेशन सफल पारौ’ भन्ने जिंगलका सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता योगेश भट्टराईले महाधिवेशनमा आउने सबै प्रतिनिधिका लागि बस्न आवश्यक होटल र खानपानको व्यवस्था मिलाइ सकेको बताए । उनले सो अवसरमा मौषम परिवर्तनका कारण अहिले गैँडाको बासस्थान जोखिममा रहेको र गैँडालाई पुनः जंगल मै फर्काउने सन्देशसहित सांकेतिक रुपमा गैंडालालाई समावेश गरेको बताए ।

उनले प्रचारप्रसार समितिले आफ्नो कार्ययोजना बनाएर मूल व्यवस्थापन समितिसँग सहकार्य गरिरहेको पनि बताए । यस वर्षको महाधिवेशनमा कपडाको ब्यानार र कागजको पम्प्लेट नबनाउने घोषणा पनि गरे । महाधिवेशन प्रचारप्रसारका लागि सोसल मिडिया र पार्टीको वेभसाइट, पेजको प्रयोग गर्ने उनले जनाए । साथै, देशभर रहेका ठूला होर्डिङ बोर्डलाई पनि प्रयोग गरिनेछ । प्रचार प्रसारमा पार्टीका पूर्वअध्यक्ष र महासचिवहरूको भिडियाहरूलाई पनि राखिने बताए ।

कार्यक्रममा प्रवक्ता भट्टराईले ७५३ वटै स्थानीय तहमा प्रचार प्रसारका लागि गोष्ठी, सेमिनार आयोजना गरिने पनि जनाए । साथै बुद्धिजीवी परिषद्को आयोजनामा प्रमुख सहरहरूमा छलफल पनि चलाइने छ । अन्य कार्यक्रममा युवा संघ नेपालले देशभर ७ मंसिरमा मोटरसाइकल र्याली निकाल्ने र चितवन, विरगन्ज काठमाडौंमा बढी प्रचार प्रासार गरिने जनाए । साथै, सम्पूर्ण राजमार्ग र शाखामार्गमा स्वागत द्धार तयार गरिने जनाए । कार्यक्रममा पार्टीका महासचिव इश्वर पोखरेलले महाधिवेशमा देशभरबाट करिब आठ लाख पार्टी सदस्यबाट प्रतिनिधित्व गर्ने साथीहरुले सहभागीता जनाउँने र नयाँ जिम्मेवार नेतृत्व चयन गर्ने बतौ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  २ : १४ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन