२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

बनबाटिकाको एघारौ वार्षिक साधारण सभा सम्पन्न



बुटवल । तिलोत्तमा नगरमा रहेको शंकरनगर बनबिहार तथा तथा अनुसन्धान केन्द्रको एघारौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले नगरपालिकाबाट तयार गरिएको गुरुयोजना अनुसार काम गर्न सुझाव दिए । केन्द्रभित्र रहेका विभिन्न योजनाहरुलाई एकतावद्ध गरि मुल समितिबाट निर्देशन गरेर अघि बढ्नुपर्ने भन्दै उनले अनावश्यक पुर्वाधार नबनाउन केन्द्रलाई सुझाव दिए । तिलोत्तमा नगरपालिकामा गहनाका रुपमा रहेको अनुसन्धान केन्द्रको विकासमा स्थानिय सरकारबाट सधै साथ र सहयोग रहेको समेत उनले प्रतिवद्घता जनाए । उनले शहिद पार्क, पुष्पलाल पार्क, विपि पार्क सबैलाई काम चाडो गर्नतर्फ समेत सबैले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले कोभिड १९ संक्रमणको अवधिमा पनि निमार्ण र मर्मतको कामलाई निरन्तर अगाडी बढाएको भन्दै यसमा सबै क्षेत्रबाट सहयोग मिलेको बताए । केन्द्रमा बन्दै गरेको अत्याधुनिक तिलोत्तमा भ्युटावरको काम ९० प्रतिशत सकिएको जानकारी दिँदै उनले एघार तले भवन करीब १३ करोड रुपैयाको लागतमा २ बिगाहा क्षेत्रफलमा बन्दै गरेको जानकारी दिए ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले समग्र केन्द्रको पुर्वाधार हालसम्म १० करोड बढि लगानी भएको बताए । यसैगरि लकडाउनकै अवधिमा राष्ट्रपती चुरे मधेस तराई संरक्षण समितिको सहयोगमा १८ लाख ८९ हजार ४ सय ७० रुपैया र संस्थाको ४ लाख ५८ हजार ९९ रुपैयामा चराको खोर निर्माण गरिएको उनले बताए ।

बनबाटिकामा ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहा ६ वटा पार्कहरु, रेल, चिल्डे«न पार्क, सहित २१ प्रजातिका जनावर रहेको मिनि चिडियाघर संचालन गरिएको केन्द्रका सचिव फर्सुराम भण्डारीले बताए । कोभिड संक्रमण कम हुदै जादा अहिले दैनिक १ हजार पर्यटकहरु आउन लागेको उनले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ५९ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित