२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बनबाटिकाको एघारौ वार्षिक साधारण सभा सम्पन्न



बुटवल । तिलोत्तमा नगरमा रहेको शंकरनगर बनबिहार तथा तथा अनुसन्धान केन्द्रको एघारौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले नगरपालिकाबाट तयार गरिएको गुरुयोजना अनुसार काम गर्न सुझाव दिए । केन्द्रभित्र रहेका विभिन्न योजनाहरुलाई एकतावद्ध गरि मुल समितिबाट निर्देशन गरेर अघि बढ्नुपर्ने भन्दै उनले अनावश्यक पुर्वाधार नबनाउन केन्द्रलाई सुझाव दिए । तिलोत्तमा नगरपालिकामा गहनाका रुपमा रहेको अनुसन्धान केन्द्रको विकासमा स्थानिय सरकारबाट सधै साथ र सहयोग रहेको समेत उनले प्रतिवद्घता जनाए । उनले शहिद पार्क, पुष्पलाल पार्क, विपि पार्क सबैलाई काम चाडो गर्नतर्फ समेत सबैले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले कोभिड १९ संक्रमणको अवधिमा पनि निमार्ण र मर्मतको कामलाई निरन्तर अगाडी बढाएको भन्दै यसमा सबै क्षेत्रबाट सहयोग मिलेको बताए । केन्द्रमा बन्दै गरेको अत्याधुनिक तिलोत्तमा भ्युटावरको काम ९० प्रतिशत सकिएको जानकारी दिँदै उनले एघार तले भवन करीब १३ करोड रुपैयाको लागतमा २ बिगाहा क्षेत्रफलमा बन्दै गरेको जानकारी दिए ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले समग्र केन्द्रको पुर्वाधार हालसम्म १० करोड बढि लगानी भएको बताए । यसैगरि लकडाउनकै अवधिमा राष्ट्रपती चुरे मधेस तराई संरक्षण समितिको सहयोगमा १८ लाख ८९ हजार ४ सय ७० रुपैया र संस्थाको ४ लाख ५८ हजार ९९ रुपैयामा चराको खोर निर्माण गरिएको उनले बताए ।

बनबाटिकामा ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहा ६ वटा पार्कहरु, रेल, चिल्डे«न पार्क, सहित २१ प्रजातिका जनावर रहेको मिनि चिडियाघर संचालन गरिएको केन्द्रका सचिव फर्सुराम भण्डारीले बताए । कोभिड संक्रमण कम हुदै जादा अहिले दैनिक १ हजार पर्यटकहरु आउन लागेको उनले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ५९ बजे

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ