३० चैत्र २०८२, सोमबार | April 13, 2026

बाँके काँग्रेसले पठायो ८१ वटै वडामा मतदान अधिकृत



नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि अभिमुखिकरण कार्यक्रम राखेको थियो ।

अभिमुखिकरण कार्यक्रम पश्चात सम्बन्धित वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन गराउन आवश्यक पर्ने सामाग्री दिएर पठाइएको निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिनुपर्ने कुराबारे उहाँहरुलाई अभिमुखिकरण गरियो, त्यसपछि सबैलाई निर्वाचन सामाग्री दिएर कार्यक्षेत्रमा पठाउने काम भइसकेको छ,’ उनले भने ।

अभिमुखिकरणमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी थिए । अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत भट्टराईले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन सम्पन्न गर्ने ठुलो जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा आएको बताए ।

निर्वाचन कार्यक्रम अन्तर्गत शनिबार उम्मेदवारी मनोनयन लगायतका काम सम्पन्न हुनेछन् । बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कात्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका/नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ३९ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका