१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

माओवादी केन्द्रमा अव ‘एक व्यक्ति एक पद,’ प्रचण्डको सचिवालयमा व्यापक हेरफेर



काठमाडौं । नेकपा एमाले विभाजन नहुँदाको अवस्थामा लगातार तत्कालिन एमाले वरिष्ठ नेता माधव नेपालले उठाउने गरेका एक व्यक्ति एक पदको अवधारणालाई नेकपा माओवादी केन्द्रले लागु गर्ने भएको छ । माओवादीका अव बन्ने सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको छ । शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधन गर्दै एक व्यक्ति एउटा मात्र कमिटीमा बस्ने पाउने व्यवस्था गरेको हो ।

बैठकले माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने व्यवस्था गरेको छ भने वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने गरि विधान संशोधन गरेको छ । यस्तै सेल कमिटीमा सचिवमात्र राख्ने गरि व्यवस्था मिलाईएको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

सत्ता राजनीतिको दाउपेचमा समय खर्चेर संगठन भताभुङ्ग बनाएको माओवादी केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ । सोही अनुसार जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद’ को अवधारणालाई लागू गरेको ती नेताले बताए ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्ड केहीबेर उपस्थित देखिएपनि बैठक उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संचालन गरेको बताईएको छ । धपेडीका कारण समान्य बिरामी रहेका कारण प्रचण्डले बैठकलाई सम्बोधन समेत नगरेको माओवादी स्रोतले उल्लेख गरेको छ । आजको बैठकले स्थायी कमिटीको सिफारिसमा अध्यक्ष प्रचण्डको सचिवालयमा व्यापक हेरफेर समेत गरेको छ । लामो समय प्रचण्डको प्रमुख स्वकिय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह इन्चार्ज नियुक्त गरिएको छ भने प्रेस संयोजक विष्णु सापकोटालाई साविक प्रेस सेण्टरको जिम्मेवारीमा फर्काैईएको छ । प्रचण्डको स्वकिय सचिवमा अखिल क्रात्किारीका पूर्व अध्यक्ष रमेश मल्ललाई पठाईएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : ३३ बजे

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीले गरिन पाथीभरा मातासँग प्राथना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध