२१ असार २०८३, आइतबार | July 6, 2026

आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, यी हुन् एजेण्डा



काठमाडौं । सत्ता गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठक आजबाट सुरु हुँदैछ । आइतबारसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै तय भइसकेका छन् ।

उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ ।

आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : २६ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ