७ आश्विन २०८३, बुधबार | September 23, 2026

विवाह पञ्चमीको तयारी



जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ ।

आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन । उनले विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई सरसफाइमा लाग्नसमेत आग्रह गरे ।

महोत्सवको तयारीका लागि शुक्रबार जानकी मन्दिरमा सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्गभूमिमा द्वार निर्माण, पण्डाल व्यवस्थापन, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचारलगायत उपसमिति गठन गरेको महन्थ दासले बताए ।

महोत्सवको पहिलो दिन मङ्सिर जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेर समापन गरिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई