१५ बैशाख २०८१, शनिबार | April 27, 2024

विवाह पञ्चमीको तयारी



जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ ।

आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन । उनले विवाह पञ्चमीमा विभिन्न स्थानबाट पाहुना आउने र यसका लागि उपमहानगरले सरसफाइमा ध्यान नदिएकाले नगरवासीलाई सरसफाइमा लाग्नसमेत आग्रह गरे ।

महोत्सवको तयारीका लागि शुक्रबार जानकी मन्दिरमा सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्गभूमिमा द्वार निर्माण, पण्डाल व्यवस्थापन, यातायात व्यवस्था, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचारलगायत उपसमिति गठन गरेको महन्थ दासले बताए ।

महोत्सवको पहिलो दिन मङ्सिर जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैटौँ दिन सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेर समापन गरिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : २८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग